सोलिडारिटी कप विजेता नेपाली फुटबल खेलाडी सम्मानित ।

खेल

४ पौष। गत नोभेम्बरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली राष्ट्रिय फुटबल टोलिलाई आइएमएसले सम्मान गरेको छ। सोमबार राजधानीमा नेपालका लागि सामसुङको आधिकारिक बिक्रेता आइएमएस समुहले प्रत्येक खेलाडीलाई एकएक थान सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइलसहित सम्मान गरेको हो।
आइएमएसका सिइओ दिकेश मलहोत्रा र अखिल नेपाल फुटबल संंघ एन्फाका मानार्थ अध्यक्ष टासी घलेले च्याम्पियन टोलीका २३ खेलाडी, २ प्रशिक्षक, म्यानेजर र फिजियोलाई मोबाइल प्रदान गरे नेलालले सोलिडारिटी कपको फाइनलमा मकाउलाई पराजित गर्दै एएफसीको सदस्य बनेको ६२ वर्षपछि पहिलो पटक महादेशीय प्रतियोगितामा उपाधि जितेको हो। सम्मानपछि सोलिडारिटी कप च्याम्पियन बन्दा नेपालको कप्तानी गरेका विराज महर्जन र प्रशिक्षक राजु काजी शाक्यले यस्तो खालको सम्मान र पुरस्कारले आफुलाई थप हौसला मिल्ने बताए। ‘हामी अझ राम्रो गर्दै जानेछैँ र सबै नेपालीलाई अझ खुसी हुने र गर्व अवसर दिन मेहनत गर्नेछौ’ विराजले भने।
नियमित कप्तान अनिल गुरुङ पहिलो रोजाइमा नपरेका कारण सबै खेलमा विराजले नै नेपालको कप्तानी सम्हालेका थिए। यता राजुकाजी शाक्यले पुरस्कारले झन् राम्रो गर्ने प्रेरणा मिल्ने बताए। गत वर्ष बंगबन्धुमा सफलता हासिल गरेपछि नेपालले निरन्तर सफलता हात पा्यो। यो सबैको सम्मान र हौसलाले गर्दा हो। अब हामीहरुको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपमा पनि सफल हुनु हो, शाक्यले भने।
यस्तै एन्फाका मानार्थ अध्यक्ष टासी घलेले खेलाडीहरुको सफलताले सबै नेपालीलाई शिर ठाडो राख्ने मौका दिएको बताए। आइएमएसले जस्तै अन्य प्राइभेट सेक्टरले पनि खेल र खेलाडीलाई निरन्तर रुपमा साथ र सहयोग प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

Post Comment