२ माघ। स्पेनिस प्रिमियर लिग अन्तरर्गत शनिवार भएको खेलमा बार्सिलोनाले लस पलामस माथि सानदार जित दर्ता गराएको छ। उक्त जित सँगै शिर्ष स्थानको रियल मड्रिडसँगको अंकदुरी २ मा झारेको छ।
बार्सिलोनाको आफ्नै मैदानमा भएको खेलमा ५–० गोल अन्तरले जित दिलाउने क्रममा लुईस स्वारेजले २ तथा लियोनल मेस्सी, आर्ड तुसान र एलेक्स विडालले एक एक गोल गरे। १४औं मिनेटमा आन्द्रे गोमेजको एसिस्टमा लुइस स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाले दास्रो हाफमा थप चार गोल गर्न सफल भयो।
जित पछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ भने २ खेल कम खेलेको रियल मड्रिड ४०अंक सहित पहिलो स्थानमा छ।
रातिनै भएको खेलमा एथ्लेटिको मड्रिडले रियल वेटिसलाई १–० ले हराउँदै चौथो स्थानमा यथावत रहेको छ। यस्तै अन्य खेलहरुमा एथ्लेटिका विल्वाओ र लेगानेस तथा भिल्लारियल र डिपोटिभ ला कोरुना बिचको खेल गोल रहित बराबरीमा रोकिएको छ।