विश्व क्रिकेट लिग:नेपाल र केन्याबीचको खेल सुरु ,५ ओभरमा नेपालको विकेट (लाईभ )

खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ । वर्षाको कारण खेल प्रभावित भएपछि ३८ ओभरमा खेलाउन लागिएको हो ।

५ ओभरको समाप्तीमा नेपालले २१ रन बनाएको छ ,सुनिल धमला ३ रनमा आउट भएका छन् । ओटिएनोको बलमा उनी मिड अफ क्षेत्रमा उनी समातिए

बहुप्रतीक्षित खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हजाराैँ दर्शक जम्मा भएका छन् । उनीहरूले हातहातमा प्लेकार्ड हल्लाउँदै क्रिकेटप्रति नेपालीको मोह प्रदर्शन गरिरहेका छन् । साथै, नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् ।

गएराति र आज बिहानभर पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो । धेरै पानी परेकाले आउटफिल्ड निकै गिलो छ । यस्तोमा बलरलाई फाइदा पुग्छ । यसैकारण केन्याले टस जितेर फिल्डिङ रोजेको हो ।

विश्वकप छनोटको अर्को चरणमा प्रवेशका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । दुवै टिम जितका साथ आगामी चरणमा जाने सम्भावना बलियो बनाउन चाहन्छन् ।आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत आज हुन लागेको खेल पाँचौँ चरणको हो । यो खेल नेपाललाई मात्र नभएर केन्याका लागि पनि महत्वपूर्ण छ । लिगको दुई चरण खेल बाँकी रहेको अवस्थामा जित हात पार्ने टोली शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ ।

Post Comment