आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले जितको छ। केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ मा ३ विकेट गुमाएर विजयी भएको हो।आज नेपालको बलिङ र ब्याटिङ दुबै उत्कृष्ट रहृयो । केन्यालाई १५५ रनमा समेट्ने नेपाली बलरहरुको सफलता हो । त्यस्तै सुरुवाति १४ रन जोड्दा २ विकेट गुमाएर पनि नेपालको ब्याटिङ उत्कृष्ट रहृयो । ज्ञानेन्द्र र दिपेन्द्रले १११ रनको साझेदारी गरे । दुबैले अर्धशतक पुरा गरे । ज्ञानेन्द्र ६४ रनमा अविजित रहे ।
पार्टटाइम बलर भएर पनि चार विकेट लिएका शरद भेषावकर फिनिसर पनि बने । उनीले छक्का हान्दै नेपाललाई महत्वपूर्ण जित दिलाए । दिपेन्द्र ६२ रनमा आउट भएका थिए । फिनिशरको भूमिका निभाएका शरदले २४ रन बनाए । उनले चौका र छक्का हान्दै नेपाललाई जिताएका थिए ।