एफसी एसियन कप छनौट :आज नेपाल र यमन प्रतिस्पर्धा गर्दै

एफसी एसियन कप छनौट  :आज नेपाल र यमन प्रतिस्पर्धा गर्दै
खेल

एफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनसँग खेल्नेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अझै पुनर्निर्माण भइनसकेकाले एन्फाले बैकल्पिक मैदानका रुपमा एपिएफको मैदानलाई प्रयोग गर्न लागेको हो । हलचोक मैदानमा नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

छनौटको पहिलो खेलमा फिपलपिन्ससँग ४-१ गोलले पराजित भएको नेपालले घरेलु मैदानमा यमनसँग गोल नखाने रणनीति बनाएको छ ।

Post Comment