ह्याप्पी वर्थ डे मेस्सी :३० बर्षमा ५ सय ६५ गोल

ह्याप्पी वर्थ डे मेस्सी :३० बर्षमा  ५ सय ६५ गोल
खेल

विश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेस्सी ३० वर्ष पुगेका छन् ।

अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी सन् १९८७ को जुन २४ मा जन्मिएका हुन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेस्सीले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी सात सय एक खेलमा पाँच सय ६५ गोल गरेका छन् ।

उनले बार्सिलोनाबाट पाँच सय ८३ खेलमा पाँच सय सात गोल गरेका छन् । यस्तै राष्ट्रिय टिमबाट एक सय १८ खेलमा ५८ गोल गरेका छन् । पाँच पटकका बालोन डी’आर विजेता मेस्सीले बासिल्लोबाट अहिलेसम्म ८ पटक ला लिगा, पाँच पटक कोपा डेल रे तथा चारपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । क्लबमा सफल मानिएका मेस्सी राष्ट्रिय टिमबाट भने त्यति सफल हुन सकेका छैनन् ।

उनले सन् २००८ मा अर्जेन्टिनालाई ओलम्पिकमा स्वाणपटक जिताउनुबाहेक महत्वपूर्ण उपाधि दिलाउन सकेका छैनन् । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा उनले अर्जेन्टिनालाई उपाधि नजिक त पु¥याए तर जर्मनीसँग १–० ले पराजित भएर चुके ।

अहिले मेस्सी विश्वकप फुटबलको तयारीमा छन् ।

Post Comment