प्रिमियर लिग च्याम्पियन चेल्सीले अल्भारो मोराटालाई भित्र्याउने भएको छ । चेल्सी र रियल मड्रिडबीच ६० मिलियन पाउण्डको सहमति जुटेको छ ।
अब स्पेनिस इन्टरनेशनल मोराटा र क्लबबीच सहमति हुनेछ र मेडिकलपछि ट्रान्स्फरले पूर्णता पाउनेछ ।
गत सिजन युभेन्टसबाट रियल मड्रिड गएका उनले २० गोल गरेका थिए । रियलले गत सिजन च्याम्पियन्स लिग र ला लिगा जित्यो तर, मोराटाले धेरै खेलमा सब्सिच्युटको भूमिका मात्र पाए ।
मोराटाले डिएगो कोष्टाको ठाउँ लिनसक्नेछन् । किनकी कोष्टाले आफू धेरै समय क्लबमा बस्ने योजनामा नरहेको प्रशिक्षक एन्टोनियो कोन्टेलाई बताइसकेका छन् ।