साफ यू–१५ च्याम्पियनसिपको ट्रफी भारतले उचाल्यो, नेपाल पराजित

साफ यू–१५ च्याम्पियनसिपको ट्रफी भारतले उचाल्यो, नेपाल पराजित
खेल

काठमाडौं, ११ भदौ । नेपाललाई २–१ गोलले पराजित गर्दै साफ यू–१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आइतबार भएको फाइनलमा आयोजक नेपाललाई २–१ले हराउँदै भारतले साफ यू–१५ च्याम्पियनसिपको ट्रफि उचालेको हो ।

४१औं मिनेटमा व्रिजेश चौधरीको गोलबाट अग्रता लिएको नेपालले पहिलो हाफमा अग्रता कायमै राखेपनि दोस्रो हाफमा भारतका तर्फबाट नेपाली पोष्टमा दुई गोल प्रहार भए ।

भारतका लागि लालरोकिमाले ५९औं मिनेटमा गोल फर्काएर बराबरीमा ल्याए भने कप्तान विक्रमप्रताप सिंहले ७४औं मिनेटमा गोल गर्दै ट्रफी आफ्नो टिमको पक्षमा सुनिश्चित गरे । खेलमा थप गोल नभएपछि नेपाल भारतसँग १ गोलले पराजित हुँदै घरेलु मैदानमै उपाधिबाट बञ्चित भयो ।

Post Comment