फुटबल र हक्कीजस्तै अब क्रिकेट मैदानमा पनि रेड कार्डको नियम सुरु हुने भएको छ ।
नयाँ नियम लागु हुनासाथ साउथ अफ्रिका र युएईबीच यसै साता हुने टेस्ट म्याचमा गलत व्यवहार गर्ने खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउन सक्ने व्ववस्था हुनेछ ।
अम्पायरलाई धम्की दिने, अनुचित व्यवहार गर्ने, कुनै व्यक्ति या खेलाडीमाथि हातमात वा हिंस्रक व्यवहार गर्ने खेलाडीले रेक कार्ड पाउनेछन् ।
त्यस्तै ब्याटको साइजको विषयमा समेत नयाँ नियम आउने आइसीसीले जनाएको छ । ब्याटको लम्बाइ र चौडाइ समान रहेपनि यसको धारमा परिवर्तन गरिने छ । जुन ४० एमएम भन्दा धेरै हुने छैन ।
वान डे र टेस्टमा यो नियम लागु भएपछि टी–२० मा पनि सुरु गरिने बताइएको छ ।