कप्तान दीपेन्द्र चम्किएपछि भारतमाथि नेपालको ऐतिहासिक जित

कप्तान दीपेन्द्र चम्किएपछि भारतमाथि नेपालको ऐतिहासिक जित
खेल

मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले भारतमाथि सानदार जित हासिल गरेको छ । कप्तान कप्तान दीपेन्द्रसिंह एेरीले ४ विकेट लिएपछि नेपालले जित हासिल गरेको हो ।  १८६ रनको लक्ष्य पछ्याएको भारतलाई १६६ रनमा अलआउट गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो । एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालकव इनिङ्स उकासेका थिए ।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए । १०० बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे ।

भारतका आदित्य थकारे र अभिषेक शर्माले २–२ विकेट लिए । समूह ए मा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो ।

Post Comment