एसीसी यु-१६ क्रिकेटमा आज नेपाल म्यानमारसँग खेल्दैे

एसीसी यु-१६ क्रिकेटमा आज नेपाल म्यानमारसँग खेल्दैे
खेल

एसीसी अण्डर सिक्सटिन क्रिकेट च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

यसअघि नैं लगातार दुई खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको नेपालका लागि आजको खेल समुह विजेता बन्ने अवसरको रुपमा रहेको छ ।

थाईल्याण्डमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई एक सय ३३ रनले हराएको थियो ।

दोस्रो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

Post Comment