नेपाली राष्ट्रिय खेलाडी ज्ञानी चुनारा, यानकुमारी चौलागाईं र ताराकुमार रायमाझीले अमेरिकाको डालास टेक्सासमा भएको डालास अन्तर्राष्ट्रि तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् ।
शनिबार राति डालासमा सम्पन्न महिला फेदर वेट (५३–५७) केजी तौल समूहको फाइनलमा यान कुमारीले साल्भाडोरकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यानले सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिइन् । यस्तै ज्ञानी चुनाराले महिला लाइट वेट (५३–५७) केजी तौल समूहको फाइनलमा अमेरिकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
ज्ञानीले सेमिफाइनलमा पानमाका खेलाडीलाई पराजित गर्दै फाइनलमा पुग्न सफल भएकी थिइन् । यस्तै पुरुषतर्फ तारा कुमार रायमाझीले वेट तौल (५३–५७) समूहमा सेमिफाइनलमा भारत र मेक्सिकोका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए ।