हालै विश्व क्रिकेटको सबैभन्दा ठूलो व्यवसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिगमा छानिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारिबियन प्रिमियर लिगका लागि पनि छानिएका छन्।
क्यारिबियन क्षेत्रको लोकप्रिय उक्त क्रिकेट लिगका लागि उनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रिओट्स नामक टोलीले खरिद गरेको हो।
वेष्ट इन्डिजका विश्व चर्चित खेलाडी क्रिश गेलको नेतृत्वमा रहेको उक्त टोलीले सन्दीपलाई पाँच हजार डलरमा खरिद गरेको हो।
क्यारिबियन लिग क्रिकेट टोलीमा छनोट भएकोमा आफू खुसी भएको प्रतिक्रिया लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा दिएका छन्।