छैटौं दक्षिण एशियाली ट्रायथोलन र दुवाथलन च्याम्पियनसिप पोखरामा (फोटो फिचेर)

छैटौं दक्षिण एशियाली ट्रायथोलन र  दुवाथलन च्याम्पियनसिप पोखरामा (फोटो फिचेर)
खेल पर्यटन समाज

पोखरा, १५ बैशाख । सुन्दर पर्यटकिय नगरी पोखरामा छैटौं दक्षिण एशियाली च्याम्पियनसिप तथा आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यबस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भयो ।

प्रतियोगीहरुले ट्राइयाथनल अन्तरगतको स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी पश्चात गौरीघाट देखि मुस्ताङ्ग चोक सम्म चार ल्यापको २० कि.मि. साईकिलङ्ग र ५ किलोमिटरको दौड तथा दुवाथलन अन्तरगत ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड सम्पन्न गरेका छन ।

प्रतियोगितामा पहिले, दोश्रो र तेश्रो हुनेहरुलाई एक भब्य समारोहका बिच प्रतियोगितामा बिजेता खेलाडीले मेडल तथा प्रमाणपत्र बितरण गरियो । भारतीय खेलाडी मनिचन्द्र सिंह र समीरा मारीहाम अब्राहमले स्वर्ण पदक जितेका छन ।

७५० मिटर पौडी, १० किमी साकिलिङ र ५ किमी दौड ५८ मिनेट २ सेकेन्डमा पुरा गरी मनिचन्द्रले स्वर्ण जित्न सफल भए भने भारतकै बिश्वराज साइखामले उक्त दुरी ५९ मिनेट ५७ सेकेण्डमा पार गरी रजत पदक जितेका छन ।

नेपालका बसन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेन्डमा उक्त दुरी पार गरी कास्य पदक प्राप्त गर्न सफल भए ।

महिला तर्फ उक्त दुरी भारतीय खेलाडी समिराले १ घण्टा ४ मिनेट ५० सेकेन्डमा पुरा गरी स्वर्ण पदक जितिन भने भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनेट ४२ सेकेन्ड दुरी पार गरी रजत तथा नेपालकी सोनी गुरुङले १ घण्टा १३ मिनेट ८ सेकेन्डमा दुरी पार गरी कास्य पदक प्राप्त गर सफल भइन ।

नेपाल पर्बतिय खेलखुद अन्तर्गत भएको प्रतियोगिताको ८औ राष्ट्रिय ट्राइयाथलन प्रतियोगिता तर्फ पुरुषमा नेपाली सेनाका बसन्त चौधरी, दिपेस चौधरी, रुद्र कटुवालले क्रमश स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए ।

दुवाथलन अन्तरगत ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड प्रतियोगितामा सेना कै मान बहादुर थापाले स्वर्ण पदक हात पारे ।

एपीएफका किरण मल्लले रजत र लक्षमण मल्लले कास्य पटक जित्न सफल भए । महिला तर्फ दुई खेलाडी मात्र प्रतिस्पर्थी रहेकोमा एपीएफकी हुमा बुढा मगरले स्वर्ण र एपीएफकै प्रतिमा चौधरीले रजत पदक हात पारीन ।

बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मेडल तथा प्रमाण पत्र प्रदान गरे ।

उक्त प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली खेलकुदमा लागी छनौट गरिने भएको छ । उक्त प्रतियोगितामा बिदेशी खेलाडी सहित स्थानिय महिला तथा पुरुष खेलाडीहरु गरी एक सय जना प्रतियोगिहरुको सहभागीता रहेको थिय । जस मध्ये बिदेशी सहित करिव १५ जना महिला प्रतिस्पर्थी खेलाडीहरु रहेका थिय ।

दक्षिण एशियामा उत्कृष्ट ट्रायथोलन खेलको एक हव पोखरा पनि रहेको छ । जहाँ खेल को लागि आबश्यक पर्ने पौडी खेल्ने ठाउँ, साइकीलिङ गर्ने र दौडिने प्रसस्थ ठाउँ रहेको छ ।

दक्षिण एशियाली तर्फ भारत, बंगालादेश,पाकिस्तान तथा श्रीलंकाली खेलाडीहरुको सहभागिता रहेको थियो भने यूरोपिन देश स्पेनबाट पनि सहभागीता भएको थियो ।

पोखरामा राष्ट्रिय ट्रायथोलन एकेडेमी स्थापना गर्न सोको अध्ययनका लागि राष्ट्रिय खेलकुद परिषदले काम अगाडी बढाइसकेको छ । पोखरा लेखनाथ वडा नं २१ स्थित पुम्दी भुम्दीमा एकेडेमी स्थापनका लागि जग्गा खोजि भइरहेको छ ।

यस प्रकारका खेलहरुले नेपालमा खेल पर्यटक ब्रिद्धी गर्नमा मुख्य भूमिका निभाएको हुन्छ । 

Post Comment