विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ । उसले अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलको सम्भावना सर्वाधिक उच्च २१ प्रतिशत रहेको देखाएको हो ।
त्यस्तै जर्मनी र अर्जेन्टिनाको उपाधि जित्ने सम्भावना समान ८ प्रतिशत देखाएको छ । त्यस्तै ग्रेसनोटले स्पेनले विश्वकप जित्ने सम्भावना १०, फ्रान्सको ६, कोलम्बियाको ५ तथा इङल्याण्डको र पोर्चुगलको समान ४–४ प्रतिशत छ ।
सन् १९६६ को विश्वकप यता ७ लेटिन अमेरिकी मुलुकहरूले जित्ने सम्भवाना आंकलन गरिँदै आएकोमा रसियामा हुन लागेको यो विश्वकपमा इटाली र नेदरल्याण्डले भने छनौट चरणबाटै बाहिरिए ।
ग्रेसनोट सय भन्दा बढी मुलुकमा खेल, संगीत र टिभी कार्यक्रमहरूको तथ्याङ्क संकलन र तुलना गर्ने संस्था हो ।