बिरालोले गर्दैछ भविष्यवाणी: यो पटकको विश्वकप कसले जित्ला?

बिरालोले गर्दैछ भविष्यवाणी: यो पटकको विश्वकप कसले जित्ला?
खेल

यो पटकको विश्वकप फुटबल कसले जित्ला ? मानिसहरु आ–आफ्नै भविष्यवाणी गरिरहेका छन् । विश्वकप नजिकिर्द गर्दा विभिन्न टिमका समर्थकहरुले सामाजिक सञ्जाल रंगाउन थालेका छन् ।

विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन् । उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन् । त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एक महिनापछि जुलाई १५ मा लाग्नेछ ।

सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि ऊ सेलिब्रटी बनेको थियो । उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो । यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो ।

यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ । अफिसियल रुपमा विश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ ।

एकिलिज नाम गरेको निलो आखाँ र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो । त्यो बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ । बिरालोलाई यसअघिबाट नै विशेष प्रशिक्षण दिन थालि सकिएको म्युजियमले जनाएको छ ।

पाँल अक्टोपसले २०१० मा दुई देशका झन्डा राखिएका दुई मध्ये एक बक्सलाई छनौट गर्दै विश्वकपको भविष्यवाणी गरेको थियो ।

एकिलिजका अगाडी खेल हुने दुई देशका झन्डाहरु अंकित बलहरु बिरालोको खानासहित राखिने भएको छ । त्यसमध्ये उसले जुन छनोट गर्छ त्यसलाई उसको भविष्यवाणी मानिनेछ । उनले गरेका भविष्यवाणीहरुको प्रत्यक्ष प्रशारण पनि गरिने भएको छ ।

म्युजियममा उसको हेरचाहको जिम्मा पाएकी अन्ना कासातकिना भन्छिन्,‘यसअघि एकिलिजले कन्फडेरेसन कपको पनि भविष्यवाणी गरेको थियो । जसमा उसले गरेका भविष्यवाणी शत प्रतिशत मेल खायो । ऊ कान नसुन्ने भएकाले पनि निष्पक्ष भविष्यवाणी गर्ने गर्छ । कान नसुन्ने भएकाले बाहिरबाट उसको ध्यानभंग पनि कसैले गर्न सक्दैन र उसले आफ्नो हृदयले सही भविष्यवाणी गर्नेछ ।’

Post Comment