मेस्सीले लिए विश्वकप उपाधिको दाबेदार टोलीको नाम

मेस्सीले लिए विश्वकप उपाधिको दाबेदार टोलीको नाम
खेल

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टाइन टोली विश्वकप फूटबल प्रतियोगितामा सहभागी हुन रुस पुगेको छ । बार्सिलोनामा एक साता लामो अभ्यासपछि अर्जेन्टाइन टोली प्राइभेट जेटमा रुस पुगेको हो । अर्जेन्टिना साविक उपविजेता पनि हो ।

रुस पुगेसंगै स्पोर्टसँगको कुराकानीमा मेस्सीले रुस विश्वकपमा उपाधिको दाबेदार टोलीको नाम लिएका छन् । जसमा ४ युरोपीयन र २ दक्षिण अमेरिकी टोली छन् ।

मेस्सीका अनुसार अर्जेन्टिनासँगै ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र बेल्जियममध्ये एक टोली विश्वविजेता बन्ने सम्भावना प्रवल छ ।

‘हामीसँग पनि राम्रा र अनुभवी खेलाडी छन्, जसले हामीलाई पनि उपाधिको दाबेदार बनाएको छ’, मेस्सीले भनेका छन् ।

Post Comment