फूटबलको दुनियाँमा क्रिस्टियानो रोनाल्डो महान् कि लियोनेल मेस्सी भन्ने विवाद प्रायः भइरहेको हुन्छ । यसको निश्चित जवाफ कसैले दिन सक्दैन ।
तर अहिले चलिरहेको विश्वकपको प्रदर्शन हेर्दा पोर्चुगलका खेलाडी रोनाल्डो नै महान् देखिन्छन् ।
पोर्चुगलले आफ्नो पहिलो प्रतिस्पर्धा स्पेनविरुद्ध खेल्यो । रोनाल्डोको ह्याटट्रिकका कारण पोर्चुगलले बराबरी ग–यो । उनका सबै गोलहरू उत्कृष्ट रहे ।
मेस्सीको कुरा गर्दा आइसल्यान्डविरुद्धको उनको खेल राम्रो रहेन । मेस्सीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिनाले खेल जित्ने मौका गुमायो ।
उक्त खेलमा अर्जेन्टिनाले गोल गर्ने १० वटा प्रयास खेर फाल्यो । आइसल्यान्डको बलियो डिफेन्सलाई पार पाउन अर्जेन्टिनालाई धौधौ प–यो ।
<img class=”aligncenter” src=”http://lktcdn.prixa.net/media/ronaldo-goat_x99L9eQRiY.jpeg” />
गोट अर्थात् ग्रेटेस्ट अफ अल टाइम अर्थात् सर्वकालीन महान् खेलाडीको कुरा गर्दा रोनाल्डोले इशारामै गोट को हो भनी बताउने प्रयास गरे । तेत्तीस वर्षीय स्ट्राइकरले आफ्नो चिउँडो मुसारेर यस्तो इशारा गरेका हुन् । चिउँडो मुसार्नु भनेको गोट अर्थात् बोकोको दाह्रीको संकेत गर्नु हो ।
पोर्चुगलको तर्फबाट चौथो मिनेटमै गोल गरेपछि रोनाल्डोले सेलिब्रेसनका क्रममा दाह्री मुसारेको स्टाइल अपनाएका थिए । यसबाट रोनाल्डोले मेस्सीलाई सीधै चुनौती दिएका हुन् तर मेस्सीले चुनौतीअनुसारको खेल प्रदर्शन गर्न सकेनन् ।
स्पेनविरुद्ध रोनाल्डोले गरेको ह्याटट्रिक विश्वकपमा उनको पहिलो हो । समग्रमा यो उनको छैठौं अन्तर्राष्ट्रिय ह्याटट्रिक हो ।
रोनाल्डो अब ब्राजिलका पेले, वेस्ट जर्मनीका उवे सीलर र जर्मनीका मिरोस्लाभ क्लोसको सूचीमा परेका छन् । उनीहरू सबैले चार विश्वकपमा गोल गरेका छन् ।
तेत्तीस वर्षीय रोनाल्डो विश्वकपमा ह्याटट्रिक गर्ने सबभन्दा पाका खेलाडी भएका छन् । यसअघि यो कीर्तिमान नेदरल्यान्ड्सका रब रेनसेनब्रिंकको नाममा थियो । उनले ३० वर्ष हुँदा सन् १९७८ का इरानविरुद्ध ह्याटट्रिक गरेका थिए ।