ब्राजिलको दोस्रो खेलमा नेइमार नखेल्ने सम्भावना

ब्राजिलको दोस्रो खेलमा नेइमार नखेल्ने सम्भावना
खेल

विश्वकपको मुख्य दाबेदार मानिएको ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन्। आइतबार स्वीट्जरल्यान्डविरुद्धको खेलपछि नेइमारले खुट्टमा असहज महसुस गरेका हुन् ।

नेइमारलाई दोस्रो खेलको प्रशिक्षणबाट निकाली उपचारका लागि लगिएको थियो। यो पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो।

दायाँ खुट्टा भाँचिएका कारण उनी लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए।

नेइमार दुई दिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्किने छन्। शुक्रबार कोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने्नहुने टुंगो लागेको छैन। उनले सन् २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेलमा घाइते भई बाँकी खेल खेल्न सकेका थिएनन्।

Post Comment