पोर्चुगल र स्पेन रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन्।
सोमवार राति दुवै देशले खेलेका खेल बराबरीमा सकेका थिए।
इरानसँग पोर्चुगलको १-१ गोलको बराबरीमा र मोरक्कोसँग स्पेनको खेल २-२ गोलको बराबरी अर्थात ‘ड्र’ भयो।
पेनाल्टीबाट गोल हानेको इरानले क्रिष्टियानो रोनाल्डोको पोर्चुगलविरुद्धको खेल बराबरीमा टुङ्गाएको हो।
रोनाल्डोले आफ्नो टोलीका लागि पेनाल्टीबाट गोल हान्ने एउटा अवसर गुमाए।
भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधिबाट हेरेर रोनाल्डोलाई रातो कार्ड देखाउने वा नदेखाउनेबारे टुङ्गो लगाइएको थियो।