भालुको भविष्यवाणी : फ्रान्सलाई बेल्जियमले जित्छ

भालुको भविष्यवाणी : फ्रान्सलाई बेल्जियमले जित्छ
खेल

फूटबल विश्वकपको पहिलो सेमिफाइनल मंगलवार फ्रान्स र बेल्जियमका बीच हुँदैछ । यी दुवै टोलीको भिडन्त रोचक हुने अनुमान गरिएको छ किनकि दुवै टोलीका लगभग सबै खेलाडी ठूला क्लबहरूबाट खेल्छन् ।

सेमिफाइनल खेलअघि एक सेतो भालु पामीरले बेल्जियम विजयी हुने संकेत दिएको छ । दुईवटा सेता फ्लास्कहरूमा एउटामा फ्रान्सको र अर्कोमा बेल्जियमको झण्डा राखेर भविष्यवक्ता भालुलाई छान्न लगाउँदा उसले बेल्जियम छान्यो ।

अब यो भविष्यवाणी मिल्छ मिल्दैन आफ्नै ठाउँमा होला तर म्याचको रोमाञ्च चाहिँ अझै बढेको छ । ठूला प्रतियोगिताहरूमा जनावर र पक्षीहरूले गरेको भविष्यवाणी प्रायः सटीक रूपमा मिल्ने गरेका छन् ।

Post Comment