विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज मंगलवार राती नेपाली समय अनुशार ११ः४५ बजेबाट सुरु हुनेछ । आज फ्रान्स र बेल्जियम बीच प्रतिस्पर्धा हुनेछ । विश्वकपमा दुबैवटा टिमको यो तेस्रो भिडन्त हो ।
आजभन्दा अगाडी भएका दुबैवटा खेलमा फ्रांसले जितेको थियो । अन्तराष्ट्रिय प्रतियोगिताहरुको कुरा गर्ने हो भने चाँहि ३ सालसम्म यी दुबै टिमको खेल भएको छैन । सन् २०१५को ७ जुन मा फ्रान्समा भएको स्टेड डि प्रतियोगितामा बेल्जियमले ४–३ को जित हाशिल गरेको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । बेल्जियम पनि १९८६ पछि अन्तिम ४ मा स्थान बनाउन सफल बनेको हो । बेल्जियम र फ्रांस बीच पहिलो भिडन्त १९९० मा ब्रसेल्समा भएको थियो । उक्त खेल बराबरीमा सकिएको थियो । त्यो बेलादेखि आजसम्म बेल्जियम र फ्रांसबीच अन्तराष्ट्रिय स्तरमा ७३ खेल भएका छन् । यी खेलहरु मध्ये ३० खेल बेल्जियमले र २४ खेल फ्रान्सले जितेको छ । १९ खेलहरु भने बराबरीमा सकिएका थिए । दुबै टिम ३ पटक अन्तराष्ट्रि प्रतियोगिताको फाइनलमा खेलेका छन् तर ती सबै फाइनल खेलमा फ्रांसले जित हाशिल गरेको थियो ।
विश्वकपमा बेल्जियमको अहिलेसम्मकै उत्कृष्ट प्रर्दशनः
यो विश्वकपमा बेल्जियमले ५ खेल खेल्यो । यी ५ खेलमा उसले सबै खेल जित्न सफल बन्यो । कुनैपनि विश्वकपमा बेल्जियमले यसरी लगातार खेल जितेको थिएन । बेल्जियमका ९ खेलाडीले यो विश्वकपमा गोल गरिसकेका छन् ।
एम्बाप्पे, पर्वाड र हर्नाडेज माथि नजरः
फ्रांसलाई यहाँसम्म पुर्याउन उसका १९ बर्षका फरर्वाड किलियन एम्बाप्पेको अहंम भूमिका छ । बेंजामिन पर्वाड र लुकास हर्नाडेज जस्ता अनुभवहिन खेलाडीको पनि यो विश्वकपमा उत्कृष्ट प्रदर्शन रहेको छ । २२ बर्षका यी दुबै खेलाडीले अन्तराष्ट्रि प्रतियोगिताहरुमा जम्मा १०–१० खेल मात्र खेलेको अनुभव छ ।
फ्रान्सको सामु बेल्जियम रोक्ने चुनौतीः
बेल्जियमका कोच रोवर्टो मार्टिनेजको कार्यकाल सुरुवात स्पेनको विरुद्घ घरेलु मैदानमा ०–२ को हारसँगै सुरु भएको थियो । त्यसपछि बेल्जियम अन्तराष्ट्रिय स्तरका २४ खेलमा लगातार जित हाशिल गरिरहेको छ । २४ खेलमध्ये २३ खेलमा उस्ले ७८ गोल गरिसकेको छ । फ्रांसका पूर्व स्ट्राइकर थिएरे हेनरी बेल्जियमका सहायक कोच थिए । आजहुने खेलमा बेल्जियमका मैलुएर खेल्नेछैनन् । किनकि ब्राजिलका नेमारलाई लडाएको भन्दै उनलाई दोस्रो पहेलो कार्ड मिलेको थियो । आज बेल्जियमका स्टार फरर्वड एडन हेर्जाड तिरै सबैको ध्यान जानेछ ।
संभावित खेलाडीहरु
फ्रांसः हुगो लोरिस, लुकास र्नाडेज, सेम्युल उम्तेती, रफाएल वारने, बेंजामिन पर्वाड, एंजोलो कांटे, पाँल पेक्ष्बा, ब्लेस मैतुदी, एंटोनी ग्रीजम्यान, किलयन एम्बाप्पे, ओलिवर गिरोड ।
बेल्जियमः थिबौत कोर्टियस, जैन बर्टोनघेन, विंसन कोम्पैनी, थाँमस वर्मेलेन, टाँबी एल्डरवायरल्ड, यान्निक कारास्को, एक्सेल विटसेल, केविन डि ब्रूने, नेसर चाडली, एडन हेर्जाड, रामेलु लुकाकू ।