फुटवलर बिमल र अन्जन सहित ४ जनालाई कारवाहीको तयारी

फुटवलर बिमल र अन्जन सहित ४ जनालाई कारवाहीको तयारी
खेल

अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले  कारबाही अघि बढाएको छ। बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ।

एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका उनीहरु डिस्को गएर मदिरा सेवन गरी होहल्ला गरेका थिए। बिमलसहित  बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर गत शनिवार डिस्कोमा गएर मदिरा सेवन गरेको भन्दै अनुशासनको कारबाहीस्वरुप स्पष्टिकरण सोधेको हो।

सोमबार बसेको एन्फाको अनुशासन कमिटिको बैठकले स्पष्टिकरण सोध्ने निर्णय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

Post Comment