आन्द्रेस इनियेस्टाले क्लब छाडेपछि लियोनेल मेस्सी बार्सिलोनाको नयाँ कप्तान चयन भएका छन् ।
अर्जेन्टिनी स्टार खेलाडी आफ्नो देशको फुटबल टोलीका पनि कप्तान हुन् । गत सिजनको अन्त्यसँगै इनियेस्टा भिसेल कोबेसँग आबद्ध भएपछि क्लबमा मेस्सीले कप्तानको जिम्मेवारी पाएका हुन् ।
सन् २०१५ मा मेस्सी क्लबको उपकप्तान घोषित भएका थिए । त्यसयता उनले धेरै पटक क्लबको कप्तानी गरिसकेका छन् । अब भने उनले स्थायी रुपमा क्लबको कप्तान बनेका हुन् । सर्जियो बुस्केट क्लबको उपकप्तान घोषित भएका छन् भने चार सदस्यीय नेतृत्व टोलीमा जेरार्ड पिके सर्जी रोबर्ट समावेश गरिएका छन् ।