एसियाली खेलकुद प्याराग्लाइडिङमा नेपालका विजय गौतम तेस्रो

खेल

१८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिदा नेपालका विजय गौतम तेस्रो स्थानमा रहन सफल भएका छन्।

पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन्। यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन्। यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ। ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले बताए। यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन्। अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन्।

Post Comment