ड्यालसमा पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान

ड्यालसमा पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान
खेल

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अक्टोबर १४ मा सम्पन्न दशैं कप फुटबल प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिएको छ ।
उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ ।
बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल फुटबल टोली बिजेता बनेको थियो ।

उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो । उक्त प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यसै गरि ३५ बर्ष भन्दा माथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ । उप बिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ ।

उक्त खेलमा गोल रहित भए पछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

Post Comment