पीपीएलमा पाेखरा पल्टनकाे विजयी सुरूअात

पीपीएलमा पाेखरा पल्टनकाे विजयी सुरूअात
खेल

पोखरा पल्टनले विराटनगर टाइटन्समा हावी हुदैं ५८ रनको विजयी निकाली पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दावेदारीता प्रस्तुत गरेको छ ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा १ सय ९८ रनको लक्ष्य लिएर आएको विराटनगरलाई १३९—८ को स्कोरमा रोकि पोखराले उद्घाटन खेलमा प्रभावशाली विजय हात पारेको हो । विराटनगरका राजु रिजाल र पुष्प थापाले समान ३० रन बनाए । ओपनरद्वय प्रदीप ऐरी ११ र सुनिल धमला १० रनमा आउट भएका थिए ।

जितेन्द्र सिंह ठकुरी १०, एन्ड्रयु सुविक्शन १४ र राजेश पुलामी मगर ७ र जितेन्द्र मुखिया ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ११ रनमा नटआउट रहे । पोखराका ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चे ।

महबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुसाल र रशिद खानले १,१ विकेट लिए । यसअघि आसिफ शेखको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो । विनोद भण्डारी ११ बलमा ४१ रन बनाई नटआउट रहे । उनले २ चौका र ५ छक्का प्रहार गरे । शरद ४ बलमा ७ रन बनाई नटआउट रहे ।

कुशल भुर्तेल र आशिफले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरी पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । उनले कुशल २६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाई विराटनगरका सन्दीपको बलमा आउट भए ।

आसिफले ५४ बलमा ५२ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र १ छक्का प्रहार गरे । भारतीय खेलाडी रवि इन्दर सिंहले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरी ४४ रन बनाए । विराटनगरबाट सन्दीपले २ विकेट लिए ।

Post Comment