जापान एसिया कपको क्वार्टरफाइनलमा

जापान एसिया कपको क्वार्टरफाइनलमा
खेल

 एसियाली पावर हाउस जापान दुबईमा जारी एएफसी एसियन कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा जापानले साउदी अरबियालाई १–० गोलले हराउँदै जापानले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

प्रतिस्पर्धातमक खेलमा जापानले २० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । जापानको जितमा ताकेहिरो टोमियासुले गोल गरेका थिए । साउदीले उत्तिकै अवसर बनाए पनि गोल फर्काउन सकेन । साउदी र जापान दुवै रुस विश्वकपमा सहभागी टोली हुन् । क्वार्टरफाइनलमा जापाने भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comment