पूरा हुन सकेन नेपालीको सपना : भारतसंग फेरि फाइनलमा पराजित

पूरा हुन सकेन नेपालीको सपना :  भारतसंग फेरि फाइनलमा पराजित
खेल

नेपाली महिला टोलीले दक्षिण एसियाली च्याम्पियनशिप जितेको हेर्ने नेपालीको सपना शुक्रवार पूरा हुन सकेन।

निकै रोचक रहेको फाइनल खेलमा नेपाली टोली पुन: इतिहास दोहोरिएको हेर्न बाध्य भयो।

यसअघि तीन पटक भारतसँगै दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको फाइनलमा हारेको नेपालले यसपटक चौथोचोटि पनि त्यही परिणाम बेहोर्न पुग्यो।

विराटनगरको शहीद मैदानमा भएको रोमाञ्चक फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी नेपाललाई फाइनलमा हराएको हो।

खासमा खेल अवधिभर दुवै टोलीले निकै अवसर सृजना गरेका थिए।

मध्यान्तर अगाडिसम्म खेल अत्यन्तै प्रतिस्पर्धात्मक रह्यो।

खेलको २६ ‍औँ मिनेटमा भारतीय खेलाडी डालिमा चिब्बरले सुन्दर फ्रि किक प्रहार गर्दै पहिलो गोल गरिन्।

तर नेपालकी सावित्रा भण्डारीले त्यसको सात मिनेटमै हेडमार्फत गोल फर्काइन्।

मध्यान्तरसम्मको बराबरीको स्थिति धेरै लामो टिकेन।

त्यसपछि भारतले लगालग दुई गोल गर्‍यो।

भारत सशक्त

भारतका लागि डालिमा चिबर, ग्रेस डाङमेई र अञ्जु तामाङले गोल गरेका हुन्।

खेल सुरु भएदेखि नै नेपालको नियन्त्रणमा देखिएको थियो।

खेलाडीहरु आत्मविश्वासी देखिएका थिए। उनीहरूले आक्रमणका अवसरहरू पनि निकै निर्माण गरे।

तर खेलमा अग्रता भने भारतले लिइ नै रह्यो।

Post Comment