आइपिएलमा सन्दिपलाई दोस्रो सफलता

आइपिएलमा सन्दिपलाई दोस्रो सफलता
खेल

इन्डियन प्रिमियर लिग अन्तर्गत जारी दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जाव बिचको खेलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले दोस्रो विकेट लिएका छन् । १४ औं ओभरमा आफ्नो अन्तिम ओभर लिएर बलिङमा आएका सन्दिपले ओभरको चौथो बलमा सर्फराज खानलाई पेभिलियन फर्काए ।

उनले सर्फराजलाई विकेट किपर रिशब पन्तको हातबाट क्याच आउट गराए । उनले आफ्नो अन्तिम ओभरमा निकै कसिलो बलिङ गर्दै जम्मा ४ रन खचिएर महत्वपूर्ण विकेट हात पारे ।

Post Comment