आईपीएलमा कोलकाता शीर्ष स्थानमा

आईपीएलमा कोलकाता शीर्ष स्थानमा
खेल

आईपीएलमा कोलकाता नाईट राईडर्सले चौथो जित निकालेको छ ।

गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकटले हराएको हो ।

जयपुरमा राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

कोलकाताको जितमा क्रिस लीनले ५० रन जोड्दा सुनिल नारिनेले ४७ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाएको थियो ।

उसका लागि स्टिभ स्मिथले ७३ रनको योगदान दिँदा जोस बट्लरले ३७ रन जोडे ।

गएरातिको जितसँगै कोलकाता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलबाट ८ अंक जोडेको छ ।

Post Comment