कोलकाता नाईट राईडर्सलाई हराउँदै चेन्नाई सुपर किङ्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा कोलकातामाथि ७ विकेटको जित निकाल्दै चेन्नाई १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ८ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ ।
चेन्नाईमा गएराति कोलकताले दिएको १ सय ९ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
चेनाईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे । प्लेसिस ४३ रनमा अविजित रहँदा रायडुले २१ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।
उसका लागि आन्द«े रसेलले ५० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
कोलकातालाई सस्तैमा समेट्न चेन्नाईका दीपक चहरले तीन विकेट लिँदा हरभजन सिंह र इमरान ताहिरले दुई–दुई विकेट लिए ।