मुम्बईको रोमाञ्चक जित

मुम्बईको रोमाञ्चक जित
खेल

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबमाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा मुम्बईले पन्जाबमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो । पन्जाबले दिएको १९८ रनको विशाल लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको हो ।

मुम्बईको जितमा कप्तान काइरन पोलार्डले ८३ रन बनाए । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै मुम्बईको जितको आधार तय गराएका थिए । मुम्बईले जितका लागि अन्तिम बलसम्म प्रतीक्षा गर्नु परेको थियो ।

बलिङतर्फ पन्जाबका मोहमद शामीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन जोडेको थियो । उसका लागि सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित १०० रन जोडदा अर्का ओपनर क्रिस गेलले ६३ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए ।

गएरातिको जितसंगै मुम्बईले ६ खेलबाट ८ अंक जोड्दै आईपिएल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको पन्जाब समान ८ अंकका साथ चौथो स्थानमा छ ।

Post Comment