बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा, युभेन्ट्स आउट

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा, युभेन्ट्स आउट
खेल

कप्तान लिओनल मेसीले क्वाटरफाइनल दोस्रो लेगमा दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडलाई समग्रमा ४-० ले पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा गएराति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले इंग्लिस क्लब युनाइटेडलाई ३-० ले पराजित गरेको हो। यसअघि युनाइटेडको मैदानमा भएको पहिलो लेग बार्सिलोनाले १-० ले जितेको थियो।

दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन मेसीले १६औँ र २०औँ मिनेटमा गोल गरे। फिलिप काउटिन्होले ६१औँ मिनेटमा बार्सिलोनाको लागि तेस्रो गोल गरे।

दोस्रो लेगमा युभेन्ट्समाथि २-१ को पुनरागमन जित हात पारेको अयाक्स युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा बराबरी खेलेको डच क्लब अयाक्सले युभेन्ट्सको मैदानमा भएको दोस्रो लेग जित्दै समगमा ३-२ को जित हात पारेको हो।

दोस्रो लेगमा एक गोलले पछि परेर पनि पुनरागमन गर्दै अयाक्सले दुई गोल गर्‍यो।

घरेलु मैदानमा २८ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन। ३४औँ मिनेटमा डोनी भान डेर बिकलअयाक्सको लागि बराबरी गोल पर्काए। ६७औँ मिनेटमा माथिस डे लिटले गोल गर्दै अयाक्सलाई २-१ को अग्रता दिलाएका थिए। दोस्रो लेगमा त्यही २-१ को जित निकालदै अयाक्सले सेमिफाइनल यात्रा तय गरेको हो।

पहिलो लेगमा पनि एक गोलले पछि परेर अयाक्सले खेल बराबरी गरेको थियो।

अयाक्सले प्रिक्वाटरफाइनलमा साविक विजेता रियल मड्रिडलाई पराजित गरेको थियो।

Post Comment