दिल्लीको नाटक: अन्तिम समयमा सन्दिपलाई प्लेईङ ईलाभेनबाट हटाईयो

दिल्लीको नाटक: अन्तिम समयमा सन्दिपलाई प्लेईङ ईलाभेनबाट हटाईयो
खेल

भारतमा जारी आईपीएलको प्लेअफमा पुगिसेका दुई टिम दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच चेन्नईको एम चिन्नास्वामी मैदानमा शुरु भएको खेलमा दिल्लीले पहिला बलिंग गरिरहेको छ । दिल्लीका कप्तान श्रेयश अय्यरले टस जितेर चेन्नईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन् ।

जारी आईपीएलमा दुबै टिमले ८–८ खेल जितेर प्लेअफमा स्थान पक्का गरिसकेकाले यो खेलको नजिताले शीर्ष स्थानको पनि लगभग टुंगो लगाउने छ । स्पीनरलाई सहयोगी चेन्नईको पीचमा नेपाली स्पीनर सन्दीप लामिछानेले मौका पाएनन् । गएको खेलमा टिमका लागि सबैभन्दा खराब बलिंग गरेका उनी टिममा नपरेका हुन् ।

उनलाई अन्तिम समयमा प्लेइंग सूचीबाट हटाइएको क्रिक इन्फोले जनाएको छ । यसअघि सन्दीप टिममा रहेको उल्लेख गरिएको थियो । तर, सन्दीपको स्थानमा अन्तिम समयमा क्रिस मोरिसलाई समावेस गरिएपछि नेपाली फ्यान आक्रोशित बनेका छन् ।

Post Comment