आईसीसी वरीयता : नेपाल चाैधाैँ स्थानमा यथावत

आईसीसी वरीयता : नेपाल चाैधाैँ स्थानमा यथावत
खेल

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप क्रिकेट अगाडि वरीयता सार्वजनिक गरेको छ ।

विश्वकप अघि इंग्ल्याण्डले अझै २ वटा सिरिज खेल्न बाँकी रहेकाले शीर्ष स्थानमा रहन उस्ले सिरिज जित्नैपर्ने बाध्यता पनि रहेको छ । शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको १२३ रेटिङ रहेको छ भने १२० रेटिङका साथ भारत दोस्रो स्थानमा छ । भारत टेस्ट वरीयतामामा भने शीर्ष स्थानमा रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको वरियता अनुसार शीर्ष १० टोलीले विश्वकप खेल्दैछन् । न्यूजिल्याण्ड र दक्षिण अफ्रिका ११२ रेटिङ प्वाइन्टका साथ क्रमश: तेस्रो र चौथो स्थानमा रहँदा १०८ रेटिङ रहेको अस्ट्रेलिया भने पाँचौं स्थानमा रहेको छ । पाकिस्तान छैटौं, बंगलादेश सातौं तथा श्रीलंका आठौं स्थानमा रहेका छन् । यसैगरी नवौं स्थानमा वेस्टइन्डिज र दशौं स्थानमा अफगानिस्तान रहेको छ ।

नेपाल भने आईसीसीको वरीयतामा चौधौं स्थानमा रहेको छ । नेपालको यसअघि पनि चौधौं वरीयता नै थियो । अघिल्लो महिना नेपालभन्दा अघि रहेको यूएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो ।

Post Comment