वेष्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग(सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलाडी सूचीमा नेपालका चार खेलाडी परेका छन् ।
हिजो सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउण्डर दिपेन्द्र सिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल परेका हुन् ।
खेलाडी छनौट यही मे २२ तारिखमा लन्डनमा हुनेछ । सम्रगमा २० देशबाट कुल ५ सय ३६ खेलाडी प्रारम्भिक सूचीमा पर्न सफल भएका हुन् ।
यस संस्करणको सीपीएल क्रिकेट आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ ।
नेपालका सन्दिपले गत वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।
उनले टोलीका लागि ५ खेलमा ७ विकेट लिएका थिए । सीपीएलमा ६ टोली सहभागि छन्