करन साउद, जेठ २, काठ्माण्डौ ।
सोच बिचार अनि आट भए मानिस लाई कुनै कुराले नछेक्ने रहेछ भन्ने कुराको प्रबणदेव पाण्डेले उदाहरण दिनुभएको छ।
उमेरले हेर्दा कलिला देखिने पाण्डेको राष्ट्रका गहना खेलाडी प्रतिको दया माया अनि मान सम्मानको लागि आफ्नो दायित्व पूरा गर्ने आस्था बिचार कम देखिएनन् । भारतको आईपिएल सकेर स्वदेश फर्किनु भएका क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई पाण्डे लगायत अन्य व्यावसायिहरु बाट पनि बिहिबार ठुलै सम्मान भयो।
किशोर अनि युवाहरुको टोलिले सन्दीप लाई सम्मानको कार्यक्रम भब्यताका साथ सम्पन्न गरे। सन्दीप लाई यसरी सम्मान गर्नेहरुमा प्रायः नेपालका चर्चित व्यावसायिहरु थिए। हामी युवा हौ हामिले नगरे कसले गर्ने उनीहरुको एउटा भावना थियो। खेलकुद युवाहरुको लागि प्रथम प्राथमिकता पनि हो । उमेरमा कलिला देखिने किशोर थिए प्रवणदेव पाण्डे अनि होटेल व्यावसायि युराज श्रेष्ठ ।
पाण्डे पुर्ब आईजिबी मोतिलाल बोहराका नाति अथवा प्रबल जंग पाण्डेका सुपुत्र हुन। उहाँ लोमस ग्रुपका पछिल्लो पुस्ताका प्रतिनिधि पनि हुन।उहाँ संगै हुनुहुन्थ्यो होटेल ब्याबसायी युराज श्रेष्ठ । हाम्रा बाजे बुवाहरुले पनि खेलाडी साहित्य गित संगीत कलाकार आदिलाई माया गरेर देश सेवा गर्नु हुन्थ्यो त्यसबाट पनि हामीलाई खेलाडी प्रतिको मान सम्मानमा बढी रुचि लाग्यो उहाँहरुको भनाई थियो। सन्दीपले राम्रो खेलेर नेपालको पनि बिश्वसामु नाम कमाएको भन्दै सन्दीपको निकै प्रसंसा गर्नु भएको थियो।
किशोर ब्याबसायिहरुको समुहले राष्ट्रिय क्रीकेट टिमका मुख्य प्रशिक्षक जगत टमट्टा र टेक्निकल एनालिस्ट रमन सिवाकोटिलाई पनि सम्मान गर्नु भएको थियो।