विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशको खेल पानीले विथोलेको छ । ब्रिस्टोलमा लगातार पानी परेपछि टस समेत हुन सकेन र दुबै टिमले १-१ अंक बाँडेका छन् ।
लगातार दोस्रो खेल पानीले विथालेपछि श्रीलंका मारमा परेको छ । पाकिस्तान र श्रीलंकाको खेल पानीले रोकिएको थियो ।
विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले अंक बाँडेको यो तेस्रो खेल हो । यो आफैंमा रेकर्ड हो ।
यसअघि १९९२ र २००३ को विश्वकपमा दुई खेल पानीका कारण रद्द भएको थियो ।
बीबीसीका अनुसार बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुने टान्टन र भारत र न्यूजिल्याण्डको खेल हुने ट्रेन्ट बि्रजमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ ।