अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो
खेल

आइसिसी क्रिकेट विश्वकप २०१९ मा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा २६६ रनमा अलआउट भयो।

पाकिस्तानका लागि इमान उल हकले ७५ बलमा ५३ रन जोड्दा अर्का ओपनर फखर जमान भने शून्यमा आउट भए। बाबर अजामले ३० रन जोडे भने मोहमद हफिजले ४९ बलमा ४६ रनको योगदान दिए। कप्तान शर्फराज अहमेदले ४० रन बटुले। हसन अलीले १५ बलमा ३२ र वाहेब रियाले ३९ बलमा ४५ रन जोडेर आउट भए।

बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्गले ३ विकेट लिए। मिचेल स्टार्क र जे रिचार्डसनले २-२ विकेट लिए।

त्यसअघि टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा ३०७ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले १०७ रन जोडे। उनले १११ बलमा ११ चौका १ छक्का हिर्काए। ओपनर तथा कप्तान आरोन फिन्चले ८२ रन बटुले। उनले ८४ बलमा ६ चौका र ४ छक्का हिर्काए। स्टेभिन स्मिथ १०, ग्लेन म्याक्सवेल २० र साउन मार्स २३ रनमा आउट भए। उस्मान खावाजा १८ र एलेक्स क्यारीले २० रन जोडे।

१४६ ओपनिङ साझेदारी पाएको अस्ट्रेलियाले बाँकी १५७ रन जोड्दा १० विकेट गुमाएको थियो।

बलिङमा पाकिस्तानका मोहमद आमिरले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३० रन खर्चिए। साहिन साह अफ्रिदीले २ विकेट लिँदा असन अली, वाहेब रियाज र मोहमद हफिजले १–१ विकेट हात पारे।

Post Comment