भारत र न्युजिल्यान्डको खेल फेरि आज

भारत र न्युजिल्यान्डको खेल फेरि आज
खेल

इङ्ल्यान्डमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज पनि हुने भएको छ ।

मंगलबार राति वर्षाका कारण रोकिएखेल फेरि सञ्चालन गरिन लागिएको हो । वल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

४६.१ ओभरमा पाँच विकेटको क्षतिमा न्युजिल्यान्डले दुई सय ११ रन बनाउँदा पानी परेपछि खेल स्थगित गरिएको थियो । आयोजक आईसीसीले बुधबार रिजर्भ डे राखेकाले बाँकी ओभरका खेल खेलाईने छ । मंगलबार जहाँबाट खेल रोकिएको थियो त्यहीबाट सुरु हुनेछ । न्युजिल्यान्डले २३ बलको सामना गर्न बाँकी छ । उसँग पाँच विकेट बाँकी छ ।

Post Comment