फिफा वरियतामा नेपाल एक स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो नयाँ बरियतामा नेपाल एक स्थान खस्कँदै एक सय ६६औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल एक सय ६५औं स्थानमा थियो । दक्षिण एसियाली देशको सुचीमा भने नेपाल तेस्रो स्थानमा छ ।
नेपालभन्दा माथि भारत एक सय तीन स्थानमा छ । भारत समग्र बरीयतामा एक स्थान खस्किएको छ । माल्दिभ्स एक सय ५२औं स्थानमा छ । यसैगरी बंगलादेश एक सय ८२औं, भुटान एक सय ८६औं, श्रीलंका दुई सय र पाकिस्तान दुई सय चार स्थानमा छन् । विश्व बरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । ब्राजिल दोस्रो स्थानमा छ ।
फिफा वरियतामा नेपाल एक स्थान तल
