२०१९ को ‘बालोन डी ओर अवार्ड’ मेस्सीको पोल्टामा, ६ पटक यो अवार्ड जित्ने उनि नै हुन् एक्लो खेलाडी !

२०१९ को ‘बालोन डी ओर अवार्ड’ मेस्सीको पोल्टामा, ६ पटक यो अवार्ड जित्ने उनि नै हुन् एक्लो खेलाडी !
खेल

एजेन्सी, १७ मङ्सिर । अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक ‘बालोन डी ओर’ अवार्ड जितेका छन् ।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जे्न्टिनाका कप्तान मेस्सीले ‘बालोन डी ओर’ जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए ।

मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

Post Comment