भारतसँग नमिठो हार बेहोरेपछि दुई महिला फुटबलरद्वारा संन्यास, प्रशिक्षक हरि खड्काद्वारा राजिनामा !

भारतसँग नमिठो हार बेहोरेपछि दुई महिला फुटबलरद्वारा संन्यास, प्रशिक्षक हरि खड्काद्वारा राजिनामा !
खेल

काठमाडौं, २३ मङ्सिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भयो ।

सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई दुई गोलले पराजित गरेको हो । हारसँगै नेपाल रजतमै सीमित भयो ।

११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । गत सिजनको सागमा पनि नेपालको लागि भारत नै बाधक बनेको थियो ।

यसरी १३ औं सागमा पनि नेपाल रजतमै सीमित बनेपछि नेपालका दुई महिला फुटबलरले संन्यासको घोषणा गरेका छन् ।

सन् २०१० देखि राष्ट्रिय टिममा रहेकी फरवार्ड निरु थापा र सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यू गरेकी मनमाया लिम्बूले संन्यासको घोषणा गरेका हुन् । निरु पछिल्लो समय नेपालको कप्तान थिइन् ।

यसैगरी फाइनलमा भारतसँग २-० गोलले नेपाल पराजित भएपछि प्रशिक्षक हरि खड्काले पनि राजीनामा दिएका छन् ।

Post Comment