युएस नेपाल न्युज, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा रिजाललाई दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन् । रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जनाकारी दिए । रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।