सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्चको ठहर

सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्चको ठहर
खेल

युएस नेपाल न्युज ।  राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरी मुद्दा दायर भएको सर्वोच्च अदालतले ठहर गरेको छ।

गत असार २ मा सर्वोच्चले म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान थापालसहित ६ जनालाई सफाइ दिएको थियो।

सो फैसलाको पूर्णपाठअनुसार ६ जनालाई नै गलत कानुन प्रयोग गरिएको ठहर गरिएको छ।

पूर्वकप्तन थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेष अदालतमा राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ अन्तर्गत कसूर हुन्छ भनी मुद्दा दायर गरिएको थियो।

Post Comment