रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आफ्नो २० औ वार्षिक समर पिकनिक र्नथग्लेन स्थित रमणीय पार्कमा सम्पन्न गरेको छ ।
कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिकमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको माझ चर्चित लोक तथा दोहोरी गायक द्वय राजु परियार र चन्द्र शर्मा सहभागी भएका छन् ।
नेपाली भाषी समुदायको पीकनिकमा सहभागी कलाकार द्वय राजु परियार र चन्द्र शर्मालाइ पीकनिक आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पदाधिकारीहरुले फुलका गुच्छा, खादा पहिर्याइ मायांको चिनो प्रदानगरी सम्मान गरेका थिए । कार्यक्रममा कलाकार राजु परियारले सम्बोधन गर्दै प्रवासमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरुको जमघटमा सहभागी हुनपाउदा ज्यादै खुसी लागेको बताउदै, नेपाली नेपाली बिच आपसमा समन्वय, सद्भाव र एकता सधै कायम रहोस भन्दै मातृभुमीलाइ संझिरहन सबैलाइ अनुरोध गरे ।
त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बाल बालिकाहरुलाई बिष्कुट खाने खेल , Head shoulder knee toe र अन्य सहभागीहरुलाइ घैटो फुटाउने खेल लगाएतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष आकृती राइले पुरस्कार प्रदान गरि सम्मान गरेकी थिइन् ।
बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालीको पहिचाहन झल्कने पोषाक लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए ।
पीकनिकमा बितरित केही खानाको परिकारहरु स्थानिय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, केही संस्थाका कार्यसमितीका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरेका थिए । कार्यक्रममा खाना तथा नगद सहयोग गर्नेहरुको नाम पढेर सुनाइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष आकृती राइले उपस्थित सबैलाइ स्वागत गर्दै यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाई दिदी बहिनीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न पिकनिक आयोजना गरिएको बताएकी थिइन ।
संस्थाको महासचिव तेजप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष शुनिता अधिकारीले कार्यक्रममा उपस्थित भइ पीकनिक सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएकी थिइन् ।