बर्तमान अबस्थामा एन.आर.एन अमेरिकाको सम्बन्धमा चलेको बिबिध पक्षका बहस बारे सोधिएको प्रश्नको उत्तरमा एन.आर.एन इलिनोइ च्याप्टरका अध्यक्ष सुमन वस्तीले यसलाई आफुले अत्यन्त सकारात्मक रुपमा लिएको र यसबाट आफु अत्यन्त उत्साही भएको बताउनु भयो ।
वहाले एन.आर.एन अमेरिकाले छोटो अबधिमा आर्जन गरको नेपाली समुदायको बिस्वासका कारण नै आज यति धेरै जन चासो समेट्न सफल कुरा बताउनु भयो । हामी संसारको सबै भन्दा ठुलो प्रजातान्त्रिक अभ्यास गर्ने मुलुकमा बसेका छौं – संस्था, नेतृत्व, नीति, नियम, बिधान आदिका सम्बन्धमा देखिएका मत मतान्तरहरु अत्यन्त स्वाभाविक र प्रजातान्त्रिक संस्कार सम्मत छन् र त्यसै माथि नया नेतृत्व चयन गर्ने बेलामा गरिने यस्ता बहसहरुले संस्थाको नेतृत्वलाइ अझ बढि परिस्कृत तथा अझ जनप्रिय बनाउन सहयोग गर्दछ ।
संस्थाका बारेमा यति धेरै जनचासो हुनुले संस्था अब सबै नेपालीको एउटै साझा मन्दिरको रुपमा परिणत हुदै गएको महसुस भएको कुरा बताउनु भयो। बिश्वको कुनै पनि कुनामा भएका एउटा नेपालीलाइ दुख पर्दा सबै नेपाली एक जुट हुने, बिकसित देशका बिकाशका अबधारणालाइ मातृभूमि सम्म पुर्याउने, देशमा उत्पन्न प्राकृतिक विपत्तिका बेलामा भौतिक रुपमा नै सहयोग गर्ने, देशको आर्थिक उन्नतिको लागि नयाँ नयाँ प्रविधिको स्थानान्तरणका साथै बहुराष्ट्रिय लगानी आकर्षित गर्ने, परदेशमा रहदा समेत आफ्नो संस्कार र परम्पराको जगेर्ना गर्दै हाम्रो चिनारी स्थापित गर्ने र मातृभूमि नेपाललाई बिबिध माध्यमबाट बिश्व मंचमा चिनाउने कार्यमा एन.आर.एन ले खेलेको भूमिका इतिहासको पानामा सुनौला अक्षरले लेखिने छन् भन्दै एन।आर।एन।मात्रै यस्तो एउटा संथा हो जहा सबै बर्ग, धर्म, पेशा र समुदायका नेपालीहरु आत्मसम्मानका साथ सहभागी हुन सक्छन ।
लोकल च्याप्टरको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा वस्तीले इलिनोइमा एन.आर.एन को लोकल च्याप्टरको रुपमा पहिलो कार्य समिति भए पनि इलिनोइ बासी, स्थानिय संघ संस्था र सम्पुर्ण स्टेट लेबलका सरकारी निकायले समेत खुला हृदयले सहयोग गरेको कुरा बताउंदै आफ्नो च्याप्टरले यहाँका स्थानिय नेपाली समुदायले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रमहरु आयोजना गर्दा यहाँका सबै स्थानिय संघ संस्थाहरु संग हातेमालो गर्दै आजको दिन सम्म आइपुगेको कुरा बताउनु भयो ।
आफ्नो च्याप्टरले स्थानिय निकायमा नेपाली भाषालाई स्थापित गराउने, स्कुल प्रणालिमा नेपालीहरुका मुख्य चाड पर्वलाई उल्लेख गराउने, सिकागोको ओहेर अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपालको चिनारी स्थापित गर्ने, सिकागोल्याण्डमा एउटा नेपाली सास्कृतिक भवन बनाउन सबै स्थानिय संघ संस्था, बुद्धिजीवी तथा समाजसेवीहरु संग सहकार्य गर्न पहल गर्ने लगायतका केहि बृहत र दिर्घकालिन महत्वका कार्यहरुको समेत थालनी गरि सकेको र कतिपय कामहरु निर्णायक अबस्थामा पुगी सकेको कुरा बताउदै यी अभियानहरुले कार्यरुप धारण गरे पछि इलिनोइका सबै नेपाली समुदाय लाभान्वित हुने कुरा व्यक्त गर्नु भयो ।
संस्थामा व्यक्ति गौण र अल्पकालीन हुने कुरा बताउदै संस्थालाई नेताले नभई नीतिले डोर्याउने अबस्था सृजना गर्नु आज हरेको इमान्दार एन.आर.एन को प्रमुख कर्तब्य भएको बिचार व्यक्त गर्दै संस्थाका कुनै कुनामा केहि कमि कमजोरीहरु छन् भने सुधार्दै लैजान सकिने र बढी भन्दा बढी प्रवासी नेपालीहरु एन.आर.एन का जनमुखी अभियानहरुबाट लाभान्वित हुन सक्ने अबस्था सिर्जना गर्नु आजको अपरिहार्य आवश्यकता भएको कुरा बताउनु भयो ।
अध्यक्ष वस्तीले यसै धरातलीय यथार्थका कारण सबै एन.आर.एन हरु यो महाअभियानमा संलग्न हुनु पर्ने कुरा बताउदै आगामी मार्च १५ तारिख भन्दा अघि नै आफ्नो सदस्यता नबिकरण गराउनु वा नया सदस्यता ग्रहण गरि सक्नु हुन सम्पुर्ण गैह्र आवासिय दाजुभाइ तथा दिदि बहिनीहरुलाई यू एस नेपाल न्युजसँगको कुराकानीको क्रममा पुन एक पटक हार्दीक अपिल गरेका थिए।