गौरी जोशी अन्तरक्रियाका लागि लस एञ्जलस र सन् फ्रान्सिस्कोमा

एनआरएन विशेष

एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी गौरी जोशी आफ्ना समर्थक र शुभेच्छुकसंगको भेटघाट र नेपाली समुदायसंग हुने अन्तरक्रियाका लागि पश्चिमी राज्यका प्रमुख शहर लस एञ्जलस र सन् फ्रान्सिस्कोतर्फ लागेका छन् ।

गत सप्ताहान्त पूर्वी क्षेत्रका विभिन्न राज्यमा आफ्नो प्रचार कार्यक्रम सकेर टेक्सास फर्किएका जोशी आज शुक्रबार लस एञ्जलसमा हुन लागेको कार्यक्रममा सहभागी हुने छन् ।

लस एञ्जलसमा कार्यक्रमको संयोजन गरिरहेको जोशी समूहकी उपाध्यक्षको प्रत्यासी उमा कार्कीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको छ ।

शुक्रबार लस एञ्जलसको कार्यक्रम सकेपछि अध्यक्षका प्रत्यासी जोशी शनिवार सन् फ्रान्सिस्कोमा हुने कार्यक्रमलाई सम्बोधन गर्न पुग्नेछन् ।

सन् फ्रान्सिस्कोको कार्यक्रम संयोजन गरिरहेका एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एवं जोशी समूहका महासचिवका प्रत्यासी पूर्ण बानियाँले कार्यक्रममा गौरी जोशीको एजेन्डाबारे प्रत्यक्ष सुन्न र भेटघाट गर्न क्यालिफोर्नियावासी नेपालीहरु उत्साहित रहेको बताए ।

यता अध्यक्षका प्रत्यासी जोशी पनि आफू पश्चिम क्षेत्रका आफ्ना शुभेच्छुकहरुसंग भेटघाटका लागि उत्साहित रहेको बताए ।

Post Comment