एनआरएनए उत्तर अमेरिका संयोजक सोनाम लामाले एनआरएनए आईसीसी उपाध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
वेलायतमा यसै साता आयोजित एनआरएन बेलायतको कार्यक्रममा सोनामले उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनको बेलायत कार्यक्रममा एनआरएनए अध्यक्ष शेष घले, अमेरिकाका पासांग शेर्पा लगायत युरोपमा वस्ने नेपालीहरुको सहभागिता थियो ।
एनआरएन भिजन २०२० एण्ड वियोण्डलाई स्विकृत गरी सफलतापुर्वक लागु गराउन आफुले उम्मेदवारी दिएको लामाले वताएका छन् । भिजन २०२० एक बर्ष अघि अमेरिकामा आयोजित क्षेत्रिय भेलामा छलफलका लागि ल्याईएको थियो । यो एनआरएनए औपचारिक रुपमा आफ्नो कार्यक्रमका लागि स्विकृत भने गरिसकेको छैन ।
वेलायतवाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने क्रममा सोनामले पांच बुंदे प्रतिवद्धता पनि प्रस्तुत गरेका थिए । यसमा गोर्खाको लाप्राकमा भुकम्प पिडितका लागि निमार्णधिन योजना पुरा गर्ने, एनआरएनए केन्द्रिय सचिलालय निमार्णको बांकी कार्य सम्पन्न गर्ने लगायतका छन् । उक्त सचिवालय निमार्णमा सोनाम संयोजक हुन् ।
यस वाहेक उनले नेपाली नागरिकताको निरन्तरता, देशभित्रै दक्षजनशक्ति तयार गर्ने लगायतका प्रतिवद्धतापनि सोनामको घोषणामा छन् ।